काठमाडौं - ग्लोबल आईएई बैंकले भुक्तानी लिन बाँकी ५ वर्ष पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह गरेको छ ।
बैंकले आव २०६६ र ६७, २०६७ र ६८, २०६८ र ६९ र २०७० र ७१ सम्म्को नगद लाभांश बुझिलिन आग्रह गरेको हो । साथै, सूचना प्रकाशित मितिले १ महिनाभित्र पनि आफ्नो बक्यौता नगद लाभांश बुझिनलिएमा सो लाभांश रकम ‘लगानीकर्ता संरक्षण कोष’ मा जम्मा हुने समेत बैंकले जनाएको छ ।
बैंकले एक सूचना जारी गर्दै, लाभांश रकम बुझिलिन बाँकी रहेका शेयरधनीहरुको विवरण ग्लोबल बैंक तथा बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापीटल लिमिटेडको वेवसाइटमा राखिएको जानकारी दिएको छ।

प्रतिक्रिया