काठामाडौं- सर्वप्रिय बहुचर्चित गायक प्रमोद खरेलले ‘गंगा जमुना’ बोलको गीत बजारमा ल्याउने तयारीमा रहेका छन् ।
गायक खरेलले बुधबार गीतको फर्स्ट लुक्स सामाजिक संजालमा सार्वजनिक गर्दै उक्त गीत आउन लागेको बारे जानकारी गराएका हुन्।
‘गंगा जमुना’मा राजेन्द्र थापाको शब्द तथा शम्भुजित बास्कोटाको संगीत रहेको छ। अङ्समसले संगीत संयोजन गरेको गीतमा श्यामश्वेत रसाइलीले मिक्सिङ एण्ड मास्टरिङ गरेका छन्। गीतको भिडियोमा अभिनेता दिलिप रायामाझी, प्रमोद खरेल, अन्जली अधिकारी,उषा उप्रेति लगायतको अभिनय रहने जनाएको छ।
बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन तथा कलरको काम गरेका छन्। भिडियोलाई राजिव समरले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। उनलाई रोशन विःकले सघाएका छन्। यस अगाडि एकपछि अर्को गीत हिट भएका गायक प्रमोद खरेलको यो गीत उनका समर्थकहरुका लागी प्रतिक्षामा रहेको छ । गीत गायक प्रमोद खरेलको आफ्नै यूट्यव च्यानल मार्फत सार्वजनिक हुने छ ।

प्रतिक्रिया