सुनको मुल्यमा भारी गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

विहीबार, ३२ साउन २०८०, ११ : ०९

काठमाडौँ-  नेपाली बजारमा बिहीबार पनि सुनको भाउ घटेको छ। 

सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन  १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

हिजो पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। 

 

विहीबार, ३२ साउन २०८०, ११ : ०९

प्रतिक्रिया