प्रभु बैंकको अत्यन्त जरुरी सूचना

विहीबार, ३२ साउन २०८०, १७ : ०९

काठमाडौँ - प्रभु बैंक लिमिटेडको भदौ १ गते शुक्रबार साँझ ६ः०० बजेदेखि शनिबार राती १०ः०० बजेसम्म एटीएम लगायत मोबाईल तथा ईन्टरनेट बैंकिङ सेवाहरु बन्द हुने भएको छ ।

बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टम को भर्जन अपग्रेड गर्ने प्रयोजनका लागि एटीएम, मोबाईल तथा इन्टरनेट बैंकिङ सेवाहरु बन्द गर्नुपर्ने भएकाले अस्थायी समयको लागि उक्त सेवाहरु बन्द हुने भएको हो ।

विहीबार, ३२ साउन २०८०, १७ : ०९

प्रतिक्रिया