सुनको मुल्य स्थिर, आज कतिमा हुदैँछ कारोबार ?

शुक्रबार, ०१ भदौ २०८०, १० : ५५

काठमाडौँ- साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ। 

 आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो। 

 

 

शुक्रबार, ०१ भदौ २०८०, १० : ५५

प्रतिक्रिया