घाटामा मुलुकको चालु खाता

शुक्रबार, ०१ भदौ २०८०, १३ : ५१

काठमाडौँ - मुलुकको चालु खाता ७२ अर्ब रुपैयाँ बढीले घाटामा रहेको देखिएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० मा चालु खाता रु.७२ अर्ब १६ करोडले घाटामा रहेको हो। अघिल्लो वर्ष चालु खाता रु.६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा रहेको छ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई रु.७ अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब ९६ करोड कायम भएको छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.९ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु. १८ अर्ब ५६ करोड रहेको थियो।

समीक्षा वर्षमा शोधनान्तर स्थिति रु.२ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको राष्ट्र बैंकले तथ्यांकले देखाएको छ। 

 

शुक्रबार, ०१ भदौ २०८०, १३ : ५१

प्रतिक्रिया