सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

आइतबार, ०३ भदौ २०८०, १० : ४८

काठमाडौँ- नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। 

 आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ भने २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो। 

 

आइतबार, ०३ भदौ २०८०, १० : ४८

प्रतिक्रिया