भारतले लगायो चामल पछि प्याज निर्यातमा ४० प्रतिशत कर, नेपाली बजारमा मूल्य बृद्धि

सोमबार, ०४ भदौ २०८०, १० : २७

काठमाडौं - भारत सरकारले चामल पछाडि प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको छ ।

प्याजको मूल्य घटाउन भारतले निर्यातमा कर लगाउने निर्णय गरेको हो । भारतको वित्त मन्त्रालयले आउँदो डिसेम्बर ३१ बाट प्याजमा ४० प्रतिशत निर्यात शुल्क लाग्ने जानकारी गराएको छ।भारतका अनुसार त्यहाँ प्याजको मूल्य बढ्न थालेको हो।

सोही मूल्यवृद्धि नियन्त्रण गर्न कर बढाइएको जनाइएको छ। प्याज निर्यातमा लाग्ने ४० प्रतिशत कर तत्काल लागू भइसकेको छ । नेपालमा धेरैजसो भारतीय प्याजको दबदबा रहेको छ। भारतले प्याज निर्यातमा कर थपेसँगै नेपाली बजारमा मूल्य बढ्ने भएको छ । भारतले यसअघि प्याज निर्यातमा कर लगाएको थिएन ।

अहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटीमा भारतीय प्याजको मूल्य कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबारका लागि भारतीय प्याजको भाउ प्रतिकेजी औसत मूल्य ७८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतिकेजी औसत मूल्य ६१ रुपैयाँ रहेको थियो ।

नेपालले पनि चालू वर्षको बजेटमार्फत आलुप्याजमा भ्याट लगाएको छ । व्यवसायीहरुले यसको विरोध गरिरहेको बेला अहिले भारतले नै निर्यातमा कडाइ गरेको छ । कालीमाटी तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले नेपालमा ९५ प्रतिशत भारतीय प्याजले माग धानिरहेको बेला निर्यातमा कर लगाउँदा उपभोक्ता महँगीमा पर्ने बताए ।

सोमबार, ०४ भदौ २०८०, १० : २७

प्रतिक्रिया