घटबढ भएन सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?

सोमबार, ०४ भदौ २०८०, १० : ५२

काठमाडौँ-  नेपाली बजारमा सोमबार सुनको भाउ यथावत रहेको छ । 

आज सुनको भाउ कुनै फेरबदल भएको छैन। योसँगै आज प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो आइतबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो। 

 

सोमबार, ०४ भदौ २०८०, १० : ५२

प्रतिक्रिया