२ वटा सहकारी संस्था खारेजी

सोमबार, ०४ भदौ २०८०, १५ : १७

काठमाडौँ- काठमाडौँ  महानगरपालिकाले २ वटा सहकारी संस्था खारेजी गरेको छ। 

काठमाण्डौ महानगरपालिकाले आज एक सूचना जारी गर्दै २ वटा सहकारी खारेजी गरिएको जानकारी गराएको हो। 

महानगरको नगर कार्यपालिकाको कार्यालयका अनुसार काठमाण्डौ महानगरपालिका–५ स्थित ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र काठमाण्डौ–७ स्थित सुकस बचत तथा ऋण सहकारी संस्था खारेजी गरिएको छ। 

काठमाण्डौ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा (१) ।बमोजिम ती संस्था खारेजी गरिएको महानगरपालिकाले जनाएको छ। 

 

सोमबार, ०४ भदौ २०८०, १५ : १७

प्रतिक्रिया