कागबेनीस्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको डुबानमा परेको पैसा भेटियो

मंगलबार, ०५ भदौ २०८०, ०९ : १३

काठमाडौं- मुस्ताङमा लेदो सहितको बाढीका कारण पुरिएको बैंकको नेपाल प्रहरी सहित अन्य सुरक्षा निकायका सदस्य तथा स्थानीय व्यक्तिहरूले भल्ट खोजेर निकालेका छन् ।

साउन २८ गते साँझ साढे ७ बजे मुस्ताङको, वारागुङ मुक्तिक्षेत्र गा.पा.वडा नं ४ स्थित कागखोलामा लेदो सहितको भीषण बाढी आएको थियो । उक्त बाढिबाट कागबेनीस्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंक समेत डुबानमा परेको र बैंकमा रहेको भल्ट समेत हराएको थियो ।

नेपाल प्रहरीका अनुसार प्रहरी लगायत अन्य सुरक्षा निकाय, स्थानीय व्यक्ति र बैंकका कर्मचारीहरूको संयुक्त प्रयासमा उक्त भल्ट खोजतलास गर्दा बाढी गएको एक साता पछि मात्रै फेला परेको थियो । उक्त भल्ट भित्र सम्पूर्ण नगद समेत सुरक्षित अवस्थामा पाइएको थियो । बैंकको एक करोड पाँच लाख ३२ हजार ९६४ रुपैयाँ फेला परेको हो ।

बाढीबाट कागबेनी बजारमा रहेका विभिन्न संरचनामा क्षति पुर्‍याएको थियो।बाढीका कारण स्थानीय प्रहरी चौकी सहित २९ वटा संरचना पूर्ण क्षति हुन पुगेका थिए । हाल उक्त क्षेत्रमा प्रहरी स्थानीय र विभिन्न सामाजिक संस्थाको सहयोगमा पुरानै लयमा फर्कान काम भैरहेको छ । 

मंगलबार, ०५ भदौ २०८०, ०९ : १३

प्रतिक्रिया