काठमाडौं- कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना ल्याएको छ । बैंकले उपहारको नयाँ परम्पराको शुरुआत स्वरूप ‘तिम्रै लागि’ मुद्दती र बचत खाता सार्वजनिक गरेको हो ।
विभिन्न पर्व, उत्सव तथा दिवसमा उपहार दिने प्रचलन बढेको र यस्ता उपहार कुनै अफ्ठेरो अवस्थामा प्रयोग गर्न सकिने भएकोले नयाँ निक्षेप योजना ल्याएको वैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।
आफ्नो पारिवारिक सम्बन्धभित्र जो कसैलाई पनि उपहारस्वरूप उक्त मुद्दती खाता उपहार गर्न सकिने बैंकले जानकारी दिएको छ । न्यूनतम रू।१० हजारमा खोल्न सकिने उक्त खातामा मासिक रूपमा ब्याज प्राप्त गर्न सकिने बताइएको छ ।
उक्त खाता खोल्दा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेबिट कार्ड निस्शुल्क प्राप्त गर्न सकिनेछ । उक्त खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया