सुनको मुल्यमा सामान्य वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

मंगलबार, ०५ भदौ २०८०, १० : ५१

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। 

आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

हिजो सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो। 

 

मंगलबार, ०५ भदौ २०८०, १० : ५१

प्रतिक्रिया