काठमाडौँ - नेपाली कलाको विकासमा निरन्तर योगदान दिँदै आइरहेको संस्था इ–आर्टस् नेपालले मिति २०८० साल भदौं ७ गतेदेखि १३ गतेसम्म नेपाल आर्ट काउन्सिलमा नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी गर्न गइरहेको छ ।
‘हिमालयन आर्ट फेस्टिभल’ ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दशैंको पूर्व सन्ध्याको अवसर पारेर आयोजना गर्दै आइरहेको छ । उक्त प्रदर्शनीमा करिब ८० कलाकारहरुको सिर्जनालाई प्रदर्शनी गरिने भएको छ । साथै, ‘टु डी’ र ‘थ्री’ डी डाइमेनसनका नेपाली कलाकाहरुको कलालाई आम जनमानसमा पुग्ने विश्वास संस्थाले लिएको छ ।
प्रतिक्रिया