इनफिल्डको  बुलेट ३५० को नयाँ जेनेरेशन आउदैँ

मंगलबार, ०५ भदौ २०८०, १२ : ५७

इनफिल्डले बुलेट ३५० को नयाँ जेनेरेशन ल्याउने भएको छ । कम्पनीले सेप्टेम्वर १ मा नयाँ जेनेरेशन बुलेटको मूल्य सार्वजनिक गर्ने भएसँगै बुलेटको नयाँ जेनेरेशन आउने निश्चित भएको हो ।

यस अघि धेरै पटक रोयल इनफिल्ड बुलेटको नयाँ जेनेरेशन परिक्षणको देखिदै आएको छ ।

इनफिल्डको चर्चित मोटरसाइकल बुलेट सन् १९३१ देखि उत्पादन हुँदै आएको छ । रोयल इनफिल्ड बुलेट ३५० इन्ट्री लेभल मोटरसाइकलको रूपमा निकै चर्चित मोडल पनि हो ।


विभिन्न समयमा नयाँ जेनेरेसन बुलेट ३५० परीक्षणको क्रममा देखिएको छ । नयाँ बुलेट ३५० अन्य मोडलमा जे(प्लेटफर्ममा आधारीत रहेर निर्माण भएको कम्पनीले बताएको छ ।

नयाँ जेनेरेसन बुलेटमा ३४९ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर(आयल कुल्ड, लंग(स्ट्रोक इन्जिन रहेको छ । उक्त इन्जिनले २० बे्रकहर्स पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियर बक्स दिइएको छ ।

यसको लाइटिङ एलिमेन्ट्स भने क्लासिक ३५० बाट नै लिइएको छ । इन्स्ट्रुमेन्ट क्लस्टर, एनालग, स्पीडोमिटर र फ्युल गजको लागि डिजिटल रिडआउट डिस्प्ले दिइएको छ जुन रेगुलर मोडलको जस्तै छ ।

त्यसैगरी, क्लासिक ३५० मा भएकै चेसिस यसमा पाउन सकिन्छ । यसमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि ट्वीन ग्यास चार्ज सक अब्जर्बार सस्पेन्सन पाउन सकिन्छ ।

कम्पनीले नयाँ जेनेरेसन बुलेट ३५० दुई भेरियन्ट सिंगल डिस्क ब्रेक र ड्युल डिस्क ब्रेकमा ल्याउने छ । यसको मूल्य भारतीय बजारमा २ लाख रुपैयाँ हाराहारीमा हुनसक्ने अनुमान गरिएको छ ।

मंगलबार, ०५ भदौ २०८०, १२ : ५७

प्रतिक्रिया