ग्रीन भेन्चर्स अप्रत्यारिलो नाफामा, विद्युत बिक्रीको आम्दानी डेढ अर्ब माथि

बुधबार, ०६ भदौ २०८०, ०९ : ०४

काठमाण्डौ- ग्रीन भेन्चर्सको नाफामा उछाल आएको छ। कम्पनीले आर्थिक वर्षको २०७९– ८० को चौथो त्रैमासमा ३१ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

 जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १९०.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १० करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ६३.८६ प्रतिशतले बढेको छ।

अघिल्लो वर्ष यही अवधिमा कम्पनी विद्युत बिक्रीबाट ९४ करोड २५ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।  कम्पनीको सञ्चालन आम्दानी पनि ६६.५६ प्रतिशतले बढेर ९४ करोड ४ लाख रुपैयाँको उचाइमा पुगेको छ।

अघिल्लो वर्ष यस्तो आम्दानी ५६ करोड ४५ लाख रुपैयाँ भएको थियो। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १०.२१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ४.०८ प्रतिशत थियो। पीई रेसियो ३७.७१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०७.२२ रुपैयाँ रहेको छ। 

बुधबार, ०६ भदौ २०८०, ०९ : ०४

प्रतिक्रिया