पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमी रकममा भाराी छुट

बुधबार, ०६ भदौ २०८०, १२ : ५८

काठमाडौँ- काठमाडौँ  महानगरपालिकाले ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमीलाई रकममा भारी छुट दिने भएको छ। 

महानगरपालिकाले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। 

काठमाण्डौ महानगरपालिका आर्थिक ऐन–२०८०मा ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमी रकममा ४० प्रतिशत छुट दिने व्यवस्था रहेको महानगरले जनाएको छ। 

समयमै कर तिरेर छुट लाभ लिन पनि महानगरले आग्रह गरेको छ। 

बुधबार, ०६ भदौ २०८०, १२ : ५८

प्रतिक्रिया