काठमाडौं- सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले बुकक्लोज मिति घोषणा गरेका छन्। सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति घोषणा गरेको हो।
यी दुबै फण्डहरुले भदौ १३ गते बुकक्लोज गर्ने भएका छन्। यसर्थ भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
सिद्धार्थ इक्विटी फण्डले गत आर्थिक वर्षका लागि करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले करसहित ६।५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।
प्रतिक्रिया