काठमाडौं- नयाँ आर्थिक वर्षको पहिलो महिना साउनमा ११० विद्युतीय कार नेपाल भित्रिएका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार साउनमा ३४ करोड ६१ लाख रुपैयाँ बराबर मूल्यका यी विद्युतीय कार, जिप र भ्यान भित्रिएका हुन् ।
साउनमा ५० किलोवाटसम्मको २१ युनिट, ५१ देखि १०० किलोवाटसम्मको ८१ युनिट, १०१ देखि २०० किलोवाटसम्मको ५ युनिट र २०१ देखि ३०० किलोवाटसम्मको ३ युनिट विद्युतीय कार, जिप र भ्यान नेपालमा आयात भएका छन् ।
भन्सार विभागले हालै सो तथ्य सार्वजनिक गरेको हो । यो वर्ष सरकारले प्रस्तुत गरेको बजेटमार्फत १०० किलोवाट भन्दा माथिका विद्युतीय सवारी साधनमा कर बढाइएको थियो । यस अनुसार पनि १०० किलोवाट भन्दा कमका सवारी साधन बढी भित्रिएको पाइन्छ ।
यद्यपि नेपाली बजारमा यही क्षमताका विद्युतीय सवारी साधनको माग बढी हुने भएकाले पनि यसको प्रत्यक्ष असर यसमा परेको अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया