लाइफ इन्स्योरेन्स कर्पोरेसनको नयाँ बोनसदर सार्वजनिक

विहीबार, ०७ भदौ २०८०, १४ : ०६

काठमाडौँ- लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। 

कम्पनीले आर्थिक वर्ष २०७८–७९का लागि नयाँ बोनसदर घोषणा गरेको हो। एलआईसी नेपालले आर्थिक वर्ष २०७८–२०७९को आर्थिक स्थितिको लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनसदर सार्वजनिक गरेको हो। 

कम्पनीले विभिन्न बीमालेखहरुमा प्रतिहजार न्यूनतम ४१ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। कम्पनीले सावधिक ३३३, जीवन बीधा ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजनाअन्तर्गत प्रतिहजार न्यूनतम ५१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ देखि माथि अवधिका लागि प्रतिहजार ६१ रुपैयाँ बोनस निर्धारण गरिएको छ।

त्यस्तै, कम्पनीले जीवन आन्नद ९३४२० योजनामा प्रतिहजार ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ, २५ देखि माथि अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनस निर्धारण गरिएको छ।

यसका साथै बाल सावाधिक९३४९० बीमा योजनाअन्तर्गत कम्पनीले प्रतिहजार ५१ रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनस निर्धारण गरेको  छ। जसमा १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

त्यस्तै, एलआईसी नेपालले धनवृष्टि ९३५८० योजनामा १० र १५ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ र १५ वर्षेका लागि ५६ रुपैयाँ बोनस दिने भएको छ भने धनफिर्ता ९३३४, ३३५, ३३६, ३३७, ३३९, ३४३० बीमा योजना बीमा योजनामा कम्पनीले २० वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ, २५ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ र २५ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ। 

कम्पनीले बाल ममता ३४०, बाल स्नेह ३४१ योजनामा प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। जसमा कम्पनीले १५ वर्ष अवधिसम्मका लागि प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ। 

यसैगरी आजीवन बीमा योजना ३४५, नयाँ जीवन तरंग ३६० योजनामा कम्पनीले १० वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ५१ रुपैयाँ, २० वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। यसका साथै लघु सावाधिक ९३५४० योजनामा कम्पनीले १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ भने जीवन बचत ३५९ योजनामा कम्पनीले ५ देखि ९ वर्षका लागि ४१ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५६ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ६१ रुपैयाँ बोनस सदने घोषणा गरेको छ।

विहीबार, ०७ भदौ २०८०, १४ : ०६

प्रतिक्रिया