काठमाडौँ - सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ““Daraz Monthly Payday योजना” अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ ।
ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्र २०८० देखि श्रावण २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु. ५००/– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु ७५०/– सम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नेछन् । अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने प्रकृयाको भिडियो सानिमा बैंकको आधिकारिक थ्यगत्गदभ च्यानल (-https://www.youtube.com/watch?v=aCHTzUKKO0o&t=8s)मा राखिएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
प्रतिक्रिया