काठमाडौं- कालीमाटी तरकारी बजारमा आज नेपाली र भारतीय गोलभेडाको मूल्य घटेको छ।
शुक्रवार नेपाली गोलभेडाको औसत थोक मूल्य प्रतिकिलो ८५ रुपैयाँ र भारती गोलभेडाको १०५ रुपैयाँ कायम भएको छ। बिहीबार नेपाली गोलभेडाको औसत मूल्य १०० रुपैयाँ र भारतीय गोलभेडाको १५० रुपैयाँ थियो।
कालीमाटीमा भारतीय सुकेको प्याजको औसत थोक मूल्य आज ७५.४० रुपैयाँ तय भएको छ। पछिल्लो समय भारतले प्याज निर्यातमा कर लगाएपछि नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको छ।
आज कन्य च्याउको मूल्य प्रतिकिलो १६८ रुपैयाँ रहँदा डल्ले च्याउको ३६५ रुपैयाँ रहेको छ। कागतीको औसत थोक मूल्य प्रतिकिलो १४० रुपैयाँ रहेको छ।
आज कालीमाटीमा चोसा आँपको प्रतिकिलो २२५ रुपैयाँ थोक मूल्य तोकिँदा कोलो अंगुरको ४५० रुपैयाँ रहेको छ।
प्रतिक्रिया