काठमाडौँ- नेपाल बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ।
आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तोजबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ४६० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया