काठमाडौँ - गायक हिरा रनपाल र गायिका सुनिता बुढाक्षेत्रीको स्वरमा ‘आँगनबीचमा बसेर दर खाने’ बोलको गीत सार्वजनिक भएको छ ।
चर्चित लोकदोहोरीका लेखक बिन खातीको शब्दमा तयार भएको तीज गीतमा बिनोद पराजुलीको संगीत रहेको छ । गीत मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको छ ।
उक्त गीतको म्युजिक भिडियोमा सुरवीर पाण्डे, गायक रनपाल र सारिका केसीको अभिनय देख्न सकिन्छ । देवेन्द्र कार्कीले खिचेको भिडियोको मिक्सिङ–मास्टरिङ मदन न्यौपानेले गरेका हुन् । धनबहादुर तामाङको निर्देशन रहेको भिडियोका सहनिर्देशक सोम लामा हुन् । भिडियोको सम्पादन वीरबहादुर थारुले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया