१२ करोड ७ लाख रुपैयाँको अम्रिसो निर्यात

शनिबार, ०९ भदौ २०८०, १६ : ३०

काठमाडौँ - चालू आर्थिक वर्ष २०८०र८१ को पहिलो महिनामा १२ करोड ७ लाख रुपैयाँको अम्रिसो निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा १२ करोड रुपैयाँभन्दा बढीको १० लाख किलोग्राम अम्रिसो निर्यात भएको हो ।

 चालू वर्षको पहिलो महिना भएको निर्यात गत वर्षको सोही अवधिको तुलनामा बढी हो । गत वर्षको साउन महिनामा ५ करोड ५ लाख ४५ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । उक्त अवधिमा १० लाख ११ हजार किलोग्राम अम्रिसो निर्यात भएको थियो ।

 भन्सार विभागको तथ्यांक हेर्दा चालू वर्ष र गत वर्षको साउन महिनामा १० लाख किलोग्राम अम्रिसो नै निर्यात भएको थियो । तर, यसबापत आउने मूल्य भने दोब्बरले बढेको देखिएको छ । नेपालबाट निर्यात हुने सम्पूर्ण अम्रिसो भारततर्फ जान्छ ।
 

शनिबार, ०९ भदौ २०८०, १६ : ३०

प्रतिक्रिया