काठमाडौं- प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जीव मानन्धर नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बैठकले मानन्धरलाई सीईओमा नियुक्त गरेको हो। सीईओ मानन्धरले शुक्रवार नै बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
स्थापनाकालदेखि बैंकमा महाप्रबन्धकको रूपमा कार्यरत मानन्धर यसअघि यसै बैंकको कायममुकायम सीईओ थिए । उनको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ ।
तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर शुरू गरेमा सीईओ मानन्धर राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रही कार्य गरिसकेका छन्। नारायणदास मानन्धरको कार्यकाल सकिएपछि अर्को व्यवस्था नभएसम्मका लागि सञ्जीव मानन्धरलाई कामु सीईओको जिम्मेवारी दिएको बैकले जनाएको छ ।
मानन्धर स्थापनाकालदेखि नै बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत थिए । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रहेर काम गरेको अनुभव छ ।
प्रतिक्रिया