जोशी हाइड्रोपावरद्धारा वार्षिक साधारणसभा आव्हान

आइतबार, १० भदौ २०८०, १२ : ३०

काठमाडौँ- जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ। 

कम्पनी सञ्चालक समितिको शुक्रबार (भदौ ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही भदौ ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले कम्पनीको जारी पुँजीको १ः०.६५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। विद्युत नियमन आयोगले गत साउन १५ गते यो कम्पनीलाई हकप्रद सेयर जारी गर्ने प्रस्ताव वार्षिक साधारणसभा पेस गर्न अनुमति दिएको थियो। 

हकप्रद जारीपछि कम्पनीको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको साधारणसभा भाग लिन पाउनेछन्। 

 

आइतबार, १० भदौ २०८०, १२ : ३०

प्रतिक्रिया