उत्कृष्ट अभिकताहरु  ‘बिजनेस एक्सिलेन्स अवार्ड २०८०’ बाट सम्मानित

आइतबार, १० भदौ २०८०, १३ : ४२

काठमाडौँ- एसियन लाइफ इन्स्योरेन्सको प्रदेशस्तरीय अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम ‘बिजनेस एक्सिलेन्स अवार्ड २०८०’ आयोजना गरेको छ। कार्यक्रम शनिबार झापाको बिर्तामोडमा भएको हो। 

दुई दिनसम्म सञ्चालित कार्यक्रमको पहिलो दिन अभिकर्ता प्रशिक्षण र दोस्रो दिन अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षणका रुपमा रहेको प्रदेशस्तरीय अभिकर्ता सम्मान कार्यक्रममा कोशी प्रदेशबाट उत्कृट भएका अभिकर्ता उमानन्द राजवंशी (बिर्तामोड) धनमाया कोइराला (इटहरी), बिबि थामसुहाङ (इलाम) र क्लब मेम्बरतर्फ रेखा खड्का(दमक), बिमल गुरुङ (दमक) र उमानन्द राजवंशी (बिर्तामोड) लाई विशेष सम्मान गरिएको थियो।

यसैगरी प्रदेशभरबाट नयाँ व्यवसाय प्रवर्द्धनमा योगदान पुर्याएका विभिन्न शाखा तथा उपशाखाका अभिकर्तालाई समेत प्रशंसापत्र र एडभाइजर ब्याज वितरण गरिएको थियो।

कार्यक्रममा कोशी प्रदेशका २०० जनाभन्दा बढी अभिकर्ताको सहभागिता थियो। 

कार्यक्रमको पहिलो दिन अभिकर्तालाई न्युरो लिंग्विस्टिक ट्रेनर मीन घलेले बीमा बिक्री कला र वित्तीय सल्लाहकारको भूमिका सम्बन्धमा प्रशिक्षण दिएका थिए। 

कार्यक्रममा प्रमुख अतिथि तथा कम्पनीको सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठले एक–अर्काको पूरकका रुपमा कार्यरत अभिकर्ता र कम्पनी व्यवस्थापनको सहकार्यबाट व्यावसायिक सफलता सुनिश्चित गर्न सम्भव भएको भन्दै अभिकर्तालाई शुभकामना दिए। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले अभिकर्तालाई व्यवसाय प्रवर्द्धनमा हरसम्भव सहयोग गर्न व्यवस्थापन र सञ्चालक समिति दुवै सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझै व्यावसायिक रुपमा काम गर्न अभिकर्तालाई शुभकामना दिए। 

कार्यक्रममा कम्पनीको डेप्युटी मार्केटिङ हेड विजय पराजुलीले अभिकर्ता सञ्जाल र कमिसन तथा प्रोत्साहन प्रणालीका विषयमा जानकारी दिएका थिए। साथै सम्मान कार्यक्रममा कोशी  प्रदेश प्रमुख रितु प्रधान, शाखा उपशाखा प्रमुख, पेसागत अभिकर्ता संघका केन्द्रीय सदस्य उमानन्द राजवंशी र बीमक समितिका विष्णुकुमार कार्कीलगायतको समेत उपस्थिति थियो।

 

आइतबार, १० भदौ २०८०, १३ : ४२

प्रतिक्रिया