शिवम सिमेन्ट ‘अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड’बाट सम्मानित

आइतबार, १० भदौ २०८०, १७ : ३५

काठमाडौँ - शिवम सिमेन्ट लिमिटेड ‘अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड–२०२३’  बाट सम्मानित भएको छ। 

काठमाडौँ मा शुक्रबार ग्रोथ सेलर्सद्वारा आयोजना गरेको सेल्स समिट कार्यक्रममा शिवम सिमेन्टले उक्त अवार्ड हात पारेको हो। सोही कार्यक्रममा शिवम सिमेन्ट्सका भाइस प्रोसिडेन्ट निखिल अग्रवाल इन्डिभिजुअल सेल्स एक्सिलेन्स अवार्ड–२०२३ बाट सम्मानित भएका थिए। 

 यसभन्दा पहिला पनि शिवम सिमेन्टले सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भइसकेको छ भने त्यस्तै ‘बेस्ट म्यानेज्ड कम्पनी अफ दि इयर–२०२२’ अवार्ड प्राप्त गरेको छ। 

५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको शिवम ओपीसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूल–ठूला परियोजनामा साथै अनेकौँ संरचना निर्माणमा समेत शिवम सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। 

 

आइतबार, १० भदौ २०८०, १७ : ३५

प्रतिक्रिया