काठमाडौं- नेपाली चलचित्र ‘महाजात्रा’ बन्ने भएको छ। ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि यसको तेस्रो शृङ्खलाको रूपमा ‘महाजात्रा’ घोषणा गरेको छ।
यस अगाडिका शृङ्खलामा रहेका कलाकारसँगै यसपटक हरिवंश आचार्य जोडिएको निर्माता रवीन्द्रसिंह बानियाँले बताएका छन्। अघिल्लो शृङ्खलाको सफलताले आफूहरुमा थप दायित्व थपिएको बानियाँको भनाई छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा अभिनेता विपिन कार्की, वर्षा राउत, रवीन्द्र झालगायतका कलाकारले अभिनय गर्नेछन्। चलचित्रको छायाङ्कन दशैँ लगत्तै हुने र चैत ९ गते प्रदर्शन हुने निर्देशक भट्टराईले जानकारी दिए।
हामीले नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन गर्नुपर्ने भएकाले पनि सो प्रदर्शन मिति तय गरेका हौँ। यसै चलचित्रमार्फत मैले निर्देशन यात्रा प्रारम्भ गरेको थिएँ। यसैले गर्दा यो शृङ्खला मेरा लागि खास छ निर्देशक भट्टराईले भने।
प्रतिक्रिया