काठमाडौँ- लगातार तेस्रो दिन सोमबार पनि सुनको भाउ स्थिर रहेको छ।
आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।
गत भदौ ७ गते सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र सुन गोल्ड १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। त्यसपछि सु्नको भाउमा कुनै फेरबदल भएको छैन।
उता चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया