काठमाडौंँ- उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘दुई कदम’ को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मका दुई पोष्टर फष्टलुक्सका रुपमा सार्वजनिक गरेको हो । पोस्टरमासँगै फिल्मको प्रदर्शन मिति पनि २९ मंसिर तोकिएको छ ।
फिल्मको फष्टलुक्समा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीलाई छाता ओढेर रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । दोस्रो पोस्टरमा अभिनेता गौरव पहारी रिसाएर हातमा बन्दुक लिदा डेव्यु अभिनेत्री गिरी निकै डराएको हाउभाउमा देखिएकी छन् । अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी छ ।
प्रतिक्रिया