बैङ्किङ कसुर मुद्दामा फरार प्रतिवादी घले पक्राउ

मंगलबार, १२ भदौ २०८०, ०७ : ३८

काठमाडौं- बैङ्किङ कसुर मुद्दामा नुवाकोट घर भई काठमाडौँको तारकेश्वर–१० बस्ने ३८ वर्षीय सन्तोष घले पक्राउ परेका छन् ।

बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भई फरार रहेकामा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौँको छाउनीबाट पक्राउ परेका उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । 

बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भई फरार रहेकामा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँबाट खटिएको प्रहरी टोलीले सोमबार उनलाई पक्राउ गरेको हो ।
 

मंगलबार, १२ भदौ २०८०, ०७ : ३८

प्रतिक्रिया