काठमाडौं - भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३ मा ४५ ब्राण्डका सवारीसाधन प्रदर्शनी हुने भएका छन् ।
यसरी प्रदर्शनी हुने ब्राण्डमा १६ वटा चार पाङ्ग्रे, २२ वटा दुई पाङ्ग्रे र ७ वटा लाइट कमर्शियल भेहिकल छन् । नाडाले गर्न लागेको अटो शो २०२३ समग्रमा १५औं संस्करण हो । मुख्य प्रायोजक ‘टाटा मोटर्स जेनुइन आयल’ रहेको छ ।
साथै, सह-प्रायोजक शिखर इन्सुरेन्स् कम्पनी रहेको छ । त्यसैगरी प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिङ्क, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि रहेको छ ।
नेपालीहरुको चाडपर्वको छेको पारेर आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरु तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने आयोजकले विश्वास लिइएको छ ।
प्रदर्शनीमा ठूला तथा सानागरी करिव १२० वटा स्टलहरु रहने छन् । सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट- पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु प्रदर्शनी हुनेछ ।प्रदर्शनीमा सवारी ब्राण्डका अलावा ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।
अटो शोको दौरान चाहिन सक्ने मेडिकल सपोर्टको लागि हस्पिटल पार्टनरमा फ्रन्टलाइन् हस्पिटल र प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरेको छ । ६ दिनसम्म चल्ने उक्त नाडा अटो शो २०२३ मा लगभग ७५ हजार अवलोकनकर्ताले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ ।
प्रतिक्रिया