काठमाण्डौ- नेपाली बजारमा नगद परिचालन घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक साउन मसान्तसम्मको तथ्यांकअनुसार बजारमा ६ खर्ब १३ अर्ब २२ करोड ६७ लाख रुपैयाँ परिचालन छ।
गत असार मसान्तसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ परिचालन थियो। असारको तुलनामा साउनमा नगद परिचालन २ प्रतिशतले घटेको छ। उता सरकारको खातामा भने नगद मौज्दात बढेको छ।
साउनसम्म सरकारको खातामा १ खर्ब ९३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। गत असार मसान्तमा सरकारको खाता ४५ अर्ब ११ करोड रुपैयाँ रहेको थियो।
प्रतिक्रिया