स्विजर्ल्याण्डको प्रसिद्ध आइसक्रिम मुभएनपिक’ अब नेपालमा

मंगलबार, १२ भदौ २०८०, १८ : ३३

काठमाडौँ - उत्कृष्ट स्विस शिल्प कौशल र प्राकृतिक सामग्री प्रयोग गर्ने प्रतिबद्धताका लागि प्रख्यात,Movenpick  आइसक्रिम, अब नेपाली बजारमा उपलब्ध भएको छ। केएल दुगड समूहद्वारा आयात गरिएको,Movenpick आइसक्रिमले प्रिमियम आइसक्रिम सेगमेंटको लागि नयाँ मापदण्ड सेट गर्दै कुनै कृत्रिम तत्त्व, स्वाद, वा स्टेबिलाइजरहरू बिना शुद्धताको वास्तविक सारलाई मूल रूप दिन्छ।

काठमाडौँको ठमेल स्थित ठमेल - द कर्नरमा रहेको यसको पहिलो आउटलेटको उद्घाटन हिजो एक भव्य कार्यक्रमका साथ भएको छ। स्टोर दैनिक बिहान ज्ञज्ञ बजे देखि राति ज्ञज्ञ बजेसम्म खुला रहनेछ। साथै शुक्रबार र शनिबार राति द्द बजेसम्म खुला रहेर, यो स्टोर आइसक्रिम उत्साहीहरूका लागि अबेर रातिको लोकप्रिय गन्तव्य बन्ने कम्पनीको विश्वाश रहेको छ।

मुभएनपिक आइसक्रिमको प्रामाणिकता र गुणस्तरको प्रतिबद्धता यसको अद्वितीय स्विस मूलबाट आउदछ। प्रत्येक स्कूपले स्विट्जरल्याण्डको समृद्ध सम्पदाको अनुभूति गराउछ। 

 

मंगलबार, १२ भदौ २०८०, १८ : ३३

प्रतिक्रिया