एमसीसी कार्यान्वयन रोक्न चार कम्युनिष्ट पार्टीले आज देशब्यापी प्रदर्शन गर्दै

बुधबार, १३ भदौ २०८०, ०७ : २६

काठमाडौंः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन विरुद्ध चार कम्युनिष्ट पार्टीले आज संघर्षका कार्यक्रम गर्ने भएका छन् ।

विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेक्रविक्रम चन्द ‘विप्लव, नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज संघर्षको कार्यक्रम गर्ने भएका हुन।

चारवटै पार्टीका अध्यक्ष एवम महासचिवले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बुधार अर्थात आज देशव्यापी रुपमा संयुक्त विरोध प्रदर्शन गर्ने र काठमाडौं उपत्यकामा माइतिघर मण्डलाबाट दिउसो २ः३० बजे संयुक्त विरोध प्रदर्शन गर्ने कार्यतालिका रहेको छ ।

साथै आन्दोलनका क्रममा गिरफ्तार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य टोगप्रसाद उपाध्याय लगायत अन्य नेता तथा कार्यकर्ताको तत्काल रिहाईको पनि विज्ञप्तीमार्फत माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ,’हामी चार पार्टी ५ वर्षभित्र एमसीसी परियोजना लागु गरी सक्ने सहमतीमा ल्याप्चे ठोक्ने होइन की, नेपाल सरकारसँग खारेजीको जोडदार माग गर्दछौँ । यसर्थ हस्तक्षेपकारी एमसीसी परियोजना जनसंघर्षको बलमा खारेजी गर्न आम देशभक्त नेपाली जनतालाई सडकमा उत्रिन अपिल गर्दै निम्नअनुसार जनसंघर्षको कार्यक्रम घोषणा गरेका छौँ ।’

एमसीसी परियोजना विरुद्ध निरन्तर  प्रदर्शन गर्दै आइरहेको चार पार्टीले उक्त योजना नेपालको हिट विपरित भएको र केही नेताले आफ्नो स्वार्थका लागि सहमति जनाएको ठोकुवा गर्दै आएको छ । 

mcc

बुधबार, १३ भदौ २०८०, ०७ : २६

प्रतिक्रिया