माछापुच्छ्रे बैंकको लाभांश घोषणा

बुधबार, १३ भदौ २०८०, ११ : ०४

काठमाडौँ- माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। 

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १४ प्रतिशतले हुन आउने १ अर्ब ४३ करोड ६० लाख १ हजार ७८१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ। 


प्रस्तावित लाभांशमा १३.३० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशतले हुन आउने नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ। 

 

बुधबार, १३ भदौ २०८०, ११ : ०४

प्रतिक्रिया