सुनको मुल्य रेकर्ड उन्मुख, कतिमा हुदैँछ कारोबार ?

बुधबार, १३ भदौ २०८०, ११ : १६

काठमाडौँ- नेपाली बजारमा सुनको भाउ फेरि चम्किन थालेको छ। 

बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन१ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। 

हिजो र आज गरी सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढिसकेको छ। 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो। 

 

बुधबार, १३ भदौ २०८०, ११ : १६

प्रतिक्रिया