डिजिटल गाईजात्रे प्रस्तुति सिम्खडा सिँगौरी ‘गाईजात्रा २०८०’ सार्वजनिक

बुधबार, १३ भदौ २०८०, १२ : ०५

काठमाडौँ-  चर्चित हास्य कलाकार तथा कवि शैलेन्द्र सिम्खडाले गाईजात्रा पर्वको अवसर पारेर डिजिटल गाईजात्रे प्रस्तुति सिम्खडा सिँगौरी ‘गाईजात्रा २०८०’ सार्वजनिक गरेका छन् । ४६ वर्षदेखि नियमित गाईजात्राका अवसरमा विभिन्न हास्यव्यङ्ग्य कार्यक्रममा प्रस्तुत हुँदै आएका सिम्खडाले युट्युब मार्फत करिब १२ मिनेट लामो हास्यव्यङ्ग्य कविता प्रस्तुत गरेका हुन् ।

राजनीतिक, सामाजिक आर्थिकलगायतका विषयमा उनले हास्यव्यङ्ग्य कविता मार्फत चोटिलो प्रहार गरेका छन् । उनी आफ्नो प्रस्तुतिमा समाजमा विद्यमान विसङ्गति र विकृतिलाई प्रहार गर्न कहिल्यै चुक्दैनन् ।

कोरोनाको २ वर्ष भच्युअल गाईजात्रा प्रस्तुति दिएका सिम्खडा मनोज गजुरलेलगायतका कलाकारका ‘८० सालको गाईजात्रा’ कार्यक्रममा पनि सहभागी छन् । उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा आयोजना हुने यो गाईजात्रा उनी सहभागी हुने ४४ गाईजात्रा हो । 

बुधबार, १३ भदौ २०८०, १२ : ०५

प्रतिक्रिया