सिटिजन्स बैंकका सेवाग्राहीलाई हिमाल डेन्टलमा छूट सम्झौता

विहीबार, १४ भदौ २०८०, ०९ : १२

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाडौंको धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटलले छूट दिने भएको छ ।

 हस्पिटलले बैंकका ग्राहकलाई २० प्रतिशतसम्मको छूट दिने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।

 बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।  बैंकले १८८ शाखा, १४८ एटीएम, ३ विस्तार काउन्टर र ९७ शाखारहित बैंकिङ इकाईबाट सेवा प्रदान गर्दै आएको छ ।

विहीबार, १४ भदौ २०८०, ०९ : १२

प्रतिक्रिया