काठमाडौं- जनैपूर्णिमा एवं रक्षाबन्धनको दिन बिहीवार दुई नेपाली फिल्म ‘ऐंचोपैंचो’ र ‘गणपति’ रिलिज भएका छन् ।
‘ऐंचोपैंचो’लाई केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाण पत्र दिएको छ भने यसको लम्बाइ १२६ मिनेट तय छ । बिहीवार नै अर्को नेपाली फिल्म ‘गणपति’ पनि रिलिज भएको छ । सविन अधिकारी निर्देशित फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, प्रकाश घिमिरे र राजाराम पौडेलको प्रमुख अभिनय छ ।
बक्स अफिसमा विदेशीको दबदबा रहँदा यी दुईसामु घरेलु फिल्मलाई लयमा फर्काउनुपर्ने चुनौति छ । कृषा चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘ऐंचोपैंचो’लाई सोसल ड्रामा जनरामा राखिएको छ । राजनीतिले समाज र परिवारमा पार्ने असरको कथामा आधारित यो फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत र सुशिल सिटौलाको शीर्ष भूमिका छ ।
‘ऐंचोपैंचो’लाई केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाण पत्र दिएको छ भने यसको लम्बाइ १२६ मिनेट तय छ । बिहीवार नै अर्को नेपाली फिल्म ‘गणपति’ पनि रिलिज भएको छ । सविन अधिकारी निर्देशित फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, प्रकाश घिमिरे र राजाराम पौडेलको प्रमुख अभिनय छ ।
सोसल ड्रामा र कमेडी जनरामा राखिएको यो फिल्मको लम्बाइ १४२ मिनेट छ । जन्मिँदा भगवानको रुपमा जन्मिएको शीर्ष पात्रलाई कसरी समाजले भगवान बन्न दिँदैन भन्ने कथावस्तुमा फिल्म घुमेको छ । बिहीवार एकैदिन अभिनेता भुषालका दुई फिल्म रिलिज भएका छन् ।
प्रतिक्रिया