सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार?

विहीबार, १४ भदौ २०८०, ११ : ३५

काठमाडौँ- नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ किनबेच भएको थियो। 

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो। 

 

विहीबार, १४ भदौ २०८०, ११ : ३५

प्रतिक्रिया