काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको लागि तरकारी तथा फलफूलको मुल्य सार्वजानिक गरेको छ ।
जस अनुसार गोलभेडाको भाउ पुनः उकालो लागेको छ । ठुलो गोलभेडा प्रतिकेजी १० रुपैयाँ बढेर ९५ रुपैयाँ पुगेको छ भने भारतीय गोलभेडा प्रतिकेजी १०६ रुपैयाँ ६७ पैसा, लोकल गोलभेडा ७६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा ९९ रुपैयाँ, रातो आलु ५६ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ५३ रुपैयाँ, सेतो आलु ४९ रुपैयाँ, सुकेको प्याज ७४ रुपैयाँ ६० पैसा, लोकल गाजर १२५ रुपैयाँ, लोकल बन्दा र भन्टा ७५ रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, तने बोडी र तितो करेला ११५ रुपैयाँ, टाटे सिमी ८५ रुपैयाँ, परवर, भिण्डी, तोरीको साग, स्कुस र निबुवा ५५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चिचिण्डो प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, घिरौला ६६ रुपैयाँ, झिगूनी, पिंडालू र लप्सी प्रतिकेजी ६५ रुपैयाँ, हरियो प्याज १९० रुपैयाँ, कन्य च्याउ २४८ रुपैयाँ, डल्ले च्याउ ४३३ रुपैयाँ ३३ पैसा, कुरीलो ५७५ रुपैयाँ, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ३१३ रुपैयाँ ३३ पैसा, रातो बन्दा १९० रुपैयाँ, जिरीको साग ४५० रुपैयाँ तोकिएको छ भने पुदीना र पार्सले प्रतिकेजी १ सय रुपैयाँ बढेर ५५० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया