मौलिक तीज गीत ‘यो साल नि परदेशमै तीज’ बजारमा

शुक्रबार, १५ भदौ २०८०, ०९ : ४७

काठमाडौंँ-  गीतकार दिनेशराज पुरीले आफ्नो सिर्जनामा मौलिक तीज गीत ‘यो साल नि परदेशमै तीज’ बजारमा ल्याएका छन् । विदेशमा बस्ने नेपाली चेलीहरुको मर्म बोकेको गीतमा दिपकराज विश्वकर्माको संगीत तथा एरेन्ज छ । 

रचना रिमालको स्वर रहेको गीतको भिडियोमा रचना रिमाल, आभा थापा, अनिशा ओली, अन्जना बराइली र एलिना राना लगायतको अभिनय छ । भिडियोमा बिक्रम चौहानको निर्देशन छ ।


तीज गीत भन्ने बित्तिकै मौलिकता जोडिनुपर्ने बताउने दिनेशले आफ्नो सिर्जनामा सोही प्रयास गरेका छन् । २०७२ सालमा आफ्नो पहिलो गीत आँसुले बाटो निकालेका दिनेशका कसम कसम चलचित्र म यस्तो गीत गाउँछु–२,छल छल,रुन दिन्न, धारै नखोली, आँट गरेनौ भने, डाँडै काटौंला चक्लेटी स्याउ लगायतका दर्जनौं गीत प्रकाशन भइसकेका छन् ।

शुक्रबार, १५ भदौ २०८०, ०९ : ४७

प्रतिक्रिया