अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा प्रवेश गरेकी छिन् । लामो समयदेखि परिवारसँग मुम्बईमा बस्दै आएकी निरुताले भदौ १४ गते बिहीवार मुम्बईका सञ्जीभ गुलाटीसँग विवाह गरेकी हुन्।
निरुताले आफ्नो सामाजिक सञ्जालमा आफ्नो पति संगको विवाहको एक तस्बिर सार्वजनिक गर्दै विवाह गरेको खुलासा गरेकी छिन। अभिनेत्री सिंहले विवाह बन्धनमा बाँधिएको जानकारी गराउँदै लेखेकी छिन् – ‘यतिका वर्षदेखि एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने रु’ भन्ने प्रश्न । आज त्यस प्रश्नको जवाफ दिएकी छु ।’
नेपाली चलचित्र क्षेत्रमा निरुताको नाम चर्चा आपपनि उत्तिकै चर्चामा छ , शालिन स्वभावका निरुताको लाखौ फ्यानले यतिबेला सामाजिक संजालमार्फत बधाई शुभकामना प्रकट गरेका छन् । मनमन्दिर,दर्पण छायाँ (चलचित्र) बन्धकी, दुई किनारा,दुःख,काँहा भेटिएला,आमाको काख,आफन्त, दुई पल,माइती,माइली, सन्तान थरि थरिका,सन्तान,खानदान, आमाको आशिर्वाद, दक्षिणा, चमत्कार, आफ्नो मान्छे,आफ्नो पन, चित्कार, हामी साथी भाई, फर्कि आउ, आफ्नो घर आफ्नो मान्छे, को आफ्नो को बिरानो लगायतको सयौं चलचित्रमा निरुताले अभिनय गरेका छन् ।
प्रतिक्रिया