सिलिण्डर पड्किएर चारको मृत्यु

सोमबार, ११ चैत्र २०७५, २१ : ३१

काठमाडौँ-सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा आज चार मजदुरको मृत्यु भएको छ । 

खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । 

आयोजनाका निवर्तमान पदाधिकारी उमेश कसजुले भने सिलिण्डर पडकिँदा मानवीय क्षति भएको खबर प्राप्त भएको जानकारी दिए । 

सोमबार, ११ चैत्र २०७५, २१ : ३१

प्रतिक्रिया