सुनको मुल्यमा सामान्य वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

आइतबार, १७ भदौ २०८०, ११ : ०८

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ ।

 आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


गत शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर १ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो। 

आइतबार, १७ भदौ २०८०, ११ : ०८

प्रतिक्रिया