एक कम्पनीको सञ्चालित म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइतबार, १७ भदौ २०८०, १२ : ५३

काठमाडौँ- कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुई म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज भदौ १७ गते अन्तिम मौका रहेको छ। 

योजना व्यवस्थापक कुमारी क्यापिटलले कुमारी इक्विटी फन्ड र धनवृद्धि योजनाको आर्थिक वर्ष २०७९–८०को लाभांश वितरणार्थ भोलि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १७ गतेसम्म कायम इकाइधनीहरुले यी दुवै योजनाको लाभांश पाउनेछन्। 


कोष प्रवर्द्धक कुमारी बैंकको कुमारी इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित १० प्रतिशत र कुमारी धनवृद्धि योजनाका इकाइधनीहरुलाई ६ प्रतिशत ९करसहित० वितरण गर्ने घोषणा गरिएको छ। 

 

आइतबार, १७ भदौ २०८०, १२ : ५३

प्रतिक्रिया