रोशिमा "जनजनमा माओवादी घरघरमा माओवादी" अभियान सुरु । रोशी गाँउपालीकामा - जनतासंग माओवादी बिषेश रुपान्तरण अभियान जनजनमा माओवादी घरघरमा माओवादी तीन महिने अभियान रोशी गाउँ पालिकाको सबै वडाहरुमा केन्द्रित रहेकाछन् । नेकपा माओवादी केन्द्र रोशी गाउँ पालिका कमिटको योजना अनुसार १ नं वडा देखि १२ नं वडा सम्म बिभिन्न कार्यक्रमहरु आयोजना गरेर अभियानको सुरुवात गरिएको गाउँ कमिटि अध्यक्ष मान विर वाईबाले जानकारी दिनुभएको छ ।
रोशी गा.पामा ८ मा वृहत वृक्षारोपन, ९ विद्यार्थीहरु सङ्ग अन्तरक्रिया र सरसफाई,७ मा वृक्षारोपन, १० मा वृक्षोरोपन, ११ मा पार्टीको छलफल बैठक १२ मा सारसफाई अभियान गरेर तीन महिने अभियान सुरुवात भएको अध्यक्ष वाईबाले जानकारी दिएका छन् । त्यसैगरी ५ मा पार्टीको बैठक, ६ मा अन्तरक्रिया, १ मा पार्टीको बैठक र अभियानमा साथ रहने बिभिन्न कार्यक्रमहरु आयोजना गरिने र ४ मा पार्टी अभियानमा जनजनमा पुग्ने कामहरुमा जोड् दिएको वाईबाले बताए।
तीन महिने पार्टीको अभियानको लागि रोशी गाउँ पालिका पार्टीले कार्य बिभाजन सहित वडा नं १ मा तेमालल सिं लामा, सुमन लामा, वडा नं २ र ३ मा अशोक गौतम, सुकरानी तामाङ, हस्त लामा, वडा नं ४ र ५ मा नर ब वाईबा, तेमाल सि लामा, सुमन लामा, ६ मा मान बिर वाईबा, ८ र ९ मा आपेक्षा, मुना थापा मगर, १० र ११ मा फुर्साङ लामा र वडा नं १२ मा अभियान भुजेल र भोला मैनालीको टिम परिचालन भएको सचिब फुर्साङ लामाले जानकारी दिए ।
रोशी गा.पा. ६ देखि १२ सम्म प्रदेश सदस्य टासी लामाको नेतृत्वमा मान बिर वाईबा, फुर्साङ लामा, अपेक्षा लामा, मुना थापा मगर, अभियान भुजेल, सुरेश श्रेष्ठ, भोला मैनाली, जित ब लामा, चन्द्र लामा, सुजन सि लामा र नर ब घिसिङ सहित पालिका सदस्यहरु वडाका सबै परिचालन हुने अध्यक्ष मान बिर वाईबाले बताए । तीन महिने अभियानमा रोशी गाउँ पालिकामा पार्टीले बिभिन्न अभियानहरु मार्फत जनताको घर घरमा पुग्नको लागि सिंगो पालिका टिम देखि प्रदेश, केन्द्र र जिल्ला स्तरको नेताहरु जनताको घरघरमा पुग्ने र अभियान संचालन गर्ने रोशी गाउँ कमिटि सचिब फुर्साङ लामाले बताए ।
हामी पार्टीलाई कसरी बनाउन सकिन्छ भन्ने मुख्य उदेश्यका साथ जनताको घरघरमा जाने काम भईरहेको उनले बताए । यहि भाद्र १६ गते शनिबार बाट सुरु भएको अभियानले सरकार र जनता बिचको सम्बन्ध र जनताको आधारभूत बिषयहरुमा उठान गर्नको लागि पार्टीले ल्याएको अभियानमा रोशी कमिटि पुर्ण परिचालन भएको अध्यक्ष मान बिर वाईबाले बताए ।
प्रतिक्रिया